Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली पनि टिकटकमा, यस्तो छ पहिलो भिडियो

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १४ : ५२ मा प्रकाशित

प्रधानमन्त्री ओली पनि टिकटकमा, यस्तो छ पहिलो भिडियो


अर्थ संसार, काठमाडौं : पछिल्लो समय विश्‍वभर लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जोडिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार टिकटक एकाउन्ट बनाएका हुन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केपी शर्मा ओली अफिसियल नामक उनको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ।

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो अपलोड गरिएको छ। उक्त भिडियोमा मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको बारे जानकारी दिइएको छ ।

एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्। उक्त भिडियो २ लाख ४७ हजार भन्दा बढीले  हेरिसकेका छन् भने ४ सय ८७ कमेन्ट र १८ हजार बढी लाइक गरेका छन्।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्:-

 

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound - We support Nepal - KP Sharma Oli

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको