Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतले गर्यो २० प्रतिशत लाभांश घोषणा

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १३ : ३५ मा प्रकाशित

चिलिमे जलविद्युतले गर्यो २० प्रतिशत लाभांश घोषणा

अर्थ संसार, काठमाडौँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेको  छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको वार्षिक साधारण सभा पुस १२ गते आइतबार हुँदैछ  । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको