Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया क्यापिटलको एशिया डाइनामिक डेब्ट फण्डमा ६५ करोडको आवेदन

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, ०७ : २५ मा प्रकाशित

एनआइसी एशिया क्यापिटलको एशिया डाइनामिक डेब्ट फण्डमा ६५ करोडको आवेदन

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फण्डको इकाइमा उक्त म्युचुअल फण्डमा ६५ करोड ३८ लाख ४१ हजार ४ सय रुपैयाँ बराबरको आवेदन परेको छ । 
उक्त योजनामा ८० हजार ४ सय ९ जनाले ६ करोड ५३ लाख ८४ हजार १ सय ४० इकाइका लागि आवेदन गरेका छन् ।आवेदन दिने मंगलबार अन्तिम मौका थियो ।
एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको नाममा आइपिओ निस्कासन गरेको थियो । 

इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई यही मंसिर १२ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।  यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउने ब्यवस्था गरिएको हो । 

खुलामुखी योजनाको यो म्युचुअल फन्डमा पर्याप्त आवेदन परेकाले छिट्टै  आवेदन बन्द गरिएको क्यापिटलले जनाएको छ । नेपालको सेयर बजारमा यो दोस्रो खुल्लामुखी योजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको