Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १२ : ३० मा प्रकाशित

बुधबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

 अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो  । आज छापवाला सुन प्रतिताेला ९१ हजार रुपैयाँमा काराेबार भइरहेकाे  छ ।
 यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतिताेला ९० हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको  छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ३० रुपैयाँले बढेर प्रतिताेला एक हजार एक सय ८५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको  छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको