अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज बिहिबार) पनि सुनकाे मूल्यले उकालो यात्रा तय गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो  । आज छापवाला सुन प्रतिताेला ९२  हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे  छ । बुधबार छापावा सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
 
यस्तै, तेजावी सुन प्रतिताेला ९२ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ  ।  बुधबार तेजावी सुन प्रतितोला  ९० हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको  छ । 
त्यसैगरी,बिहिबार चाँदीकाे मूल्य पनि ताेलामा २० रुपैयाँले बढेर प्रतिताेला एक हजार एक २ सय ५ रूपैयाँमा काराेबार भइरहेकाे  छ । 

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस