अर्थ संसार, काठमाडौं -  नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन ३ सय रूपैयाँले बढेको हो  ।
शुक्रबार छापावाला सुन  प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन मूल्य तोलामा १६ सय रुपैयाँले बढेर ९२  हजार ६ सय रुपैयाँमा काराेबार भएको थियो । 
यस्तै, शुक्रबार प्रतिताेला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।  
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस