Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कमिसन अचाक्ली भयो, आधा घटाउनुपर्छः इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियारसँग कुराकानी

अर्थ संसार टक

सोमबार, २२ मंसिर २०७७, ०७ : ०२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - छोटेलाल रौनियार इन्भेस्टर्स फोरमका अध्यक्ष । लामो समय गार्मेन्ट उद्योगमा जमेका रौनियार पछिल्लो समय एक लगानीकर्ता, लगानीकर्ताको नेता र सेयर बजारको विस्लेषकको परिचय बनाएका छन् । लगानीकर्ता सम्बद्द पाँच वटा संस्थालाइ जुटाएर पूँजी बजारको विस्तार र विकासमा नियामक निकायहरू र सरकारलाइ घचघच्याउने काम गरिरहेका छन् । पछिल्लो समय सेयर बजारमा कारोबार रकम र नेप्से इन्डेक्सको उचाइले रेकर्ड कायम गरेको छ । नेप्से घटाइले पनि अर्को रेकर्ड राखेको छ । 

बजारमा ठूलो रकमको कारोबार भइरहेको र अनलाइनबाटै कारोबार भइरहँदा धितोपत्र दलालहरूको भूमिका साँघुरिँदै गएका बेला दलालले पाउने कमिसन भने पहिलेको दरमा छ । यसले गर्दा दलालहरू मोटाउने र लगानीकर्ताहरू मारमा परेको अनुभव लगानीकर्ताहरूले गरेका छन् । रौनियारलगायतका लगानीकर्ता सम्बद्ध ५ वटै संगठनले गत साता धितोपत्र बोर्डमा ब्रोकर कमिसन घटाउन माग गर्दै धर्ना दिए । नेपाल राष्ट्र बैंकले सेयर मार्जिन कर्जाको हालको सीमा घटाउने संकेत गरेपछि त्यसको विरूद्धमा गभर्नरलाइ ज्ञापन पत्र बुझाएर खबरदारी गरे ।
पछिल्लो समय सेयर बजारमा सकारात्मक कुराहरु आएकाले बजार बढ्नु स्वाभाविक भएको रौनियारको विष्लेषण छ । 

सेयर बजार बढ्नुको मुख्य कारण बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नु रहेको उनको भनाइ छ । पहिला पनि नेप्से परिसूचक १८६० सम्म पुग्दा व्याजदर कम थियो । त्यसपछि व्याजदर बढ्दै १६ प्रतिशतसम्म पुगेपछि सेयर मार्केट ओरालो लाग्न शुरु गरेको हो, उनी भन्छन्, अहिले पनि बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्दै गएपछि सेयर बजार स्वतः उकालो लागेको हो ।

सेयर बजारको बर्तमान अबस्था, ब्रोकर कमिसनलगायतका विशषमा रौनियारसँगको अर्थ टकमा गरिएको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको