अर्थ संसार, काठमाडौं - इक्रा नेपाल लिमिटेडले आठौं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर १६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २० गते सोमबार केन्द्रीय कार्यालय सनराइज बिजपार्क, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन, सोहि अवधिको लेखा परिक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरीनेछ ।
त्यसैगरी संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५१.४९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ ।
त्यस्तै २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक पनि तोकिनेछ ।
विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५० प्रतिशत बोनस सेयर वितरण गर्ने स्वीकृत गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस