अर्थ संसार, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेकाे छ । कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले  चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयरको  १ कित्ता साधारण सेयर  बराबर ०.४७६  कित्ता सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयरहरू हिजाे (आइतबार) बाँडफाँड गरेको हो  । 
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस