अर्थ संसार, काठमाडौँ - आज (मंगलबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालो यात्रा तय गरेको छ । मंगलबार सुनकाे मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन ९३ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीकाे मूल्य पनि ताेलाकाे ३० रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ३५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस