अर्थ संसार, काठमाडौँ - आज (बुधबार) नेपाली बजारमा सुनकाे मूल्यले ओरालो यात्रा तय गरेको  छ । बुधबार  सुनकाे मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । 
आज छापावाला सुन प्रतितोला  ९३ हजार ४  सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार छापावाला  सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,  तेजावी सुन  ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी ९३ हजार ६ सय ५०  रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी,  चाँदीकाे मूल्य पनि ताेलाकाे २० रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको  छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस