अर्थ संसार, काठमाडौं -  आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको  छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । 
आज नेप्से परिसूचक ३९.६०  अंकले घटेर  १९५५.७५ अंकमा पुगेको छ  । नेप्से १.९८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ८.४७ अंकले घटेर ३७१.७१ अंकमा पुगेको छ ।
बुधबार सबैभन्दा धेरै नाफाबढ्ने कम्पनीहरु 
आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको नाफा बढेको छ । त्यसैगरी सान्जेन जलविद्युत कम्पनि लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेडको प्रोमोटर सेयर, नेपाल ल्यूब ओयल लिमिटेडले पनि नाफा कमाएका छन् ।
त्यस्तै,  अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, राधी विद्युत कम्पनि लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, लिवर्टि इनर्जी कम्पनि लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेडका  सेयरधनीहरुले पनि नाफा कमाएका छन् ।

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस