Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्ने प्रस्तावसहित सानिमा माई हाइड्रोपावरले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, २५ मंसिर २०७७, ०८ : २२ मा प्रकाशित

लाभांश वितरण गर्ने प्रस्तावसहित सानिमा माई हाइड्रोपावरले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं -सानिमा माई हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको मङ्सिर १५ गते बसेको संचालक समितिको निर्णयानुसार कम्पनीको उक्त सभा पौष २३ गते बिहिबार अकामा होटल, काठमाडौंमा भर्चुअल माध्यमबाट (जुम मार्फत) बिहाल ११ बजेबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षक प्रतिवेदन सहित २०७७ आषाढ मसान्त सम्मको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरिनेछ ।

त्यसतै २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम २०७६/७७ को वितरणयोग्य खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ ।
त्यसैगरी साचालक समितिले प्रस्ताव गरे बमोजिम नै  २०७६/७७ को वितरणयोग्य खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनुका साथै विविध एजेन्डाहरु माथि छलफल गरिनेछ ।

वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले पौष १३ गते १ दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले पौष १२ गते सम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको