अर्थ संसार, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयर आज मङ्सिर २५ गते बिक्री  खुल्ला भएको छ  ।
कोषको ५० हजार कित्ता  संस्थापक सेयरहरू बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले प्रतिकित्ता १ हजार ९ सय  रुपैयाँ नघट्ने गरी आजबाट पौष २ गतेसम्म प्रति कित्ता के कति दरमा लिने हो कबुल गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।
उक्त सेयर बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता वा सो भन्दा माथि १० ले भाग जाने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको बिक्री प्रवान्धकको काम नविल इन्भेष्टमेन्ट  बैंकिङ्ग लिमिटेडले गर्नेछ  ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस