अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ अंकमा पुगेको छ । नेप्से ०.४२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७४.०२ अंकमा पुगेको छ ।
बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरु
आज नेपाल लाइफ इस्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ । नेप्सेका अनुसार कम्पनीले ३७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
त्यसैगरी , नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ३५ करोड ३० लाख १० हजार बराबरको कारोबार गरेको छ, भने ग्लोबल आइएमई बैंक लिमिटेडको प्रोमोटर सेयरको २२ लाख ५५ करोड, हिमालयन डिस्टिलरी लिमिटेडले १८ करोड ७४ हजार, नेपाल टेलिकमले १३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
बिहिबार सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा अपर तामाकोशी हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, शिवम् सिमेन्टस्, चिलिमे हाइड्रोपावर र नेशनल लाइफ इन्स्योरेन्स पनि रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस