Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ लाख ४२ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, १४ : ०५ मा प्रकाशित

नेप्सेमा ६ लाख ४२ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा एक कम्पनीको मात्र सेयर सूचिकृत भएकाे छ । यस साता महुली लघुवित्तको ६ लाख ४२ हजार २ सय २१ कित्ता सेयर सूचिकृत भएको हो ।

स्टकका अनुसार नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००:९५ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

साथै मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत (बिहिबार) बाट फुकुवा भएको  छ । अब आइतबारबाट नेप्सेमा संस्थाकाे काराेबार खुल्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको