अर्थ संसार, काठमाडौँ -  आज (साेमबार) सुनको मूल्यमा  सामान्य गिरावट आएको छ । यसअघि २ दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार सामान्य गिरावट देखिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनकाे मूल्यमा प्रतितोला एक सयले गिरावट आएको हो  । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे  छ ।
 यस्तै, तेजावी प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  त्यसैगरी, साेमबार  चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । साेमबार पनि चाँदी प्रतिताेला एक हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस