Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जी नेपालकाे आइपिओ आजदेखि नेप्सेमा काराेबार खुल्ला

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १० : ०२ मा प्रकाशित

माउन्टेन इनर्जी नेपालकाे आइपिओ आजदेखि नेप्सेमा  काराेबार खुल्ला

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) बाट माउन्टेन इनर्जी नेपाल लिमिटेडकाे काराेबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजाे (मंसिर ३० गते, मंगलबार) नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

मंगलबार कम्पनीकाे १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३४४ रूपैयाँ ४३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्न MEN  संकेत प्रदान गरिएको छ । 

5fd98afda2e10.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको