अर्थ संसार, काठमाडौं– एनआईबिएल एस क्यापिटलले लगानीकर्ताहरुलाई निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले २०७७ पुस १ गतेदेखि डिम्याट खाता खोल्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
यसका साथै मेरो शेयर पनि निशुल्क सञ्चालन गरिने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएकोले छिटो गरेर डिम्याट खाता खोल्न तथा मेरो शेयर एक्टिभेट गर्न क्यापिटलले लगानीकर्तालाई आग्रह गरेको छ । क्यापिटलको कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु र देशभरका नेपाल ईन्भेष्टमेण्ट बैंकका शाखामा पुगेर निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने बताइएको छ ।
डिम्याट खाता खोल्नका लागि आवेदन दिएकै दिन खाता सञ्चालनमा ल्याई मेरो शेयर उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस