अर्थ संसार, काठमाडौं – यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । स्टकका अनुसार यस साता नेप्सेमा ४ वटा कम्पनीको २ करोड १८ लाख ९२ हजार ४ सय ७८ कित्ता सेयर सूचिकृत भएको हो ।
२ वटा कम्पनीकाे बाेनस सेयर, एउटा कम्पनीकाे हकप्रद शेयर र एउटा कम्पनीकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको  स्टकले जनाएको छ ।
जसअनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५८ हजार ४ सय कित्ता र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  २ लाख ६५ हजार ५ सय ५९ कित्ता बाेनस सेयर सूचिकृत भएको छ ।
त्यसैगरी, यस साता समृद्धि फाइनान्स लिमिटेडको १७ लाख ८८ हजार २ सय ४९ कित्ता हकप्रद शेयर पनि सूचिकृत भएको छ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेडको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आइपिओ) पनि सूचिकृत भएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस