अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समुहको तर्फको १३ लाख ४६ हजार २ सय १८ कित्ता सेयर बोलकबोल प्रक्रियाबाट बिक्री लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले प्रतिकित्ता के कति दररेटमा लिन कबुक गर्ने हो सो समेत खुलाई पौष ६ गतेदेखि १३ गतेसम्म बोलकबोल बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको न्युनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । उक्त सेयरको बिक्री प्रबन्धकको काम सिद्वार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस