Like us!
Follow us!
Connect us!
Watch us!

तरंगित राजनीतिले सेयर बजारमा पहिरो

अर्थसंसार

आइतबार, ०५ पुस २०७७, १६ : १८ मा प्रकाशित

तरंगित राजनीतिले सेयर बजारमा पहिरो

अर्थ संसार,काठमांडौ– संसद बिघटन गर्ने केपि शर्मा ओलीको प्रस्ताव राष्ट्रतिबाट अनुमोदन भए संगै अहिले नेपालको राजनीति बृत तरंगित छ , त्यसको प्रत्यक्ष असर शेयर बजारमा पनि देखिएको छ । 

कारोबारको सुरुवातमा बजार केहि उकालो लागेको थियो लगानीकर्ताहरु उत्साहित थिए कारोबारको प्रि सेसनमै हिमालयन डिस्टिलरी कम्पनीको शेयर मूल्यले सकारात्मक सर्किट ब्रेक नै गरेको थियो तर दिनको अन्तिम सम्म आइपुग्दा यसको बृद्धि पनि ३.३४ प्रतिशतमा खुम्चियो ।

दिनको सुरुवातमा १० प्रतिशतले मुल्य बृद्धि भएको कम्पनीको शेयर मूल्य दिनको अन्तिममा आइपुग्दा ३.३४ प्रतिशतमा खुम्चियको दृष्य पनि शेयर बजारमा कमै देखिने दृष्य हो ।     

बजार केहि अंकले उकालो लागिरहेकै थियो तर एकाएक सञ्चारमाध्यममा एउटा समाचार आयो मन्त्रिपरिषद् बैठकले संसद बिघटनका लागि राष्ट्रपती समक्ष सिफारिस गरेको जसले देशको राजनितीक माहोल त तातियो नै त्यसको असर शेयर बजारमा पनि देखियो केहि अघिसम्म हरियाली देखियको बजार एकाएक राताम्य हुन थाल्यो । 

बजार कारोबारको प्रि सेसनको अन्तिम अन्तिम तिर अघिल्लो दिनको तुलनामा १४ अंकले बढेर नेप्से २ हजार ४६ अंकमा पुगेको थियो । ११ बजे बजार खुल्दा सम्म पनि नेप्से सकारात्मक नै थियो बजार हरियाली नै देखिन्थ्यौ तर संसद बिघटनको समाचार बाहिरियको केहि मिनेटमै ओरालो लागेको बजार करिब आधा घण्टामा नै १ हजार ९ सय ५५ मा पुग्यो ।

पुनः केहि समय उकालो लागेको बजार दिनको अन्तिम सम्म पनि ओरालो नै रह्यो । आज नेप्से जम्मा ९६ अंकले घटेर १ हजार नौ सय ३५ पुगेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयर, महुली लघुबित्त र युनाइटेड इदी–मर्दी बाहेक कुनै पनि कम्पनीको शेयर मूल्य ५ प्रतिशतले पनि माथि जान सकेनन्  ।                                                                               
नेप्सेमा सुचिकृत २ सय ७६ कम्पनीहरु मध्य आज जम्मा १४ वटा कम्पनीहरुको शेयर मूल्य मात्र बृद्धि भएको छ ।    आज जम्मा ५० वटा भन्दा बढि कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढिले घटेको छ भने १३ बटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा पनि बढिले घटेको छ । 

संसद बिघटन पछि राजनितीक अस्थिरता बढ्ने र देशमा आन्दोलनको अवस्था समेत आउन सक्ने भएकाले लगानीकर्ताहरु डराय जस्तो देखिन्छ , भोलिको अवस्था थप भयावह बन्न सक्ने देखेरे आफुसंग भएको शेयर बेचेर मुनाफा सुरक्षित गरेको लगानीकर्ताहरु को भनाइ रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको