Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोले बोलायो संयुक्त साधारण सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १३ : ११ मा प्रकाशित

माउन्टेन हाइड्रोले बोलायो संयुक्त साधारण सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार, काठमाडौं - माउन्टेन हाइड्रो नेपाल लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ   ।

कम्पनीले चौंथो तथा पाँचौं सभा एकैपटक आह्वान गरेको हो कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २७ गते कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु हुनेछ   ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ  । त्यसैले पौष १२ गतेसम्म नेप्सेमा कायम कारोबार गर्ने सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन्  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको