Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटल डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १५ : ५६ मा प्रकाशित

एनएमबि क्यापिटल डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार, काठमाडौँ - एनएमबि क्यापिटल लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार कम्पनीको सभाकक्ष, नागपाेखरी, काठमाडौंमा दिउँसाे ३ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम आर्थिक वर्ष २०७६/७७ सम्मकाे सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई २१.०५२६३१६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न प्रस्ताव पनि पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:- 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको