Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ०८ : ५३ मा प्रकाशित

सनराइज बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - सनराइज बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंककाे ५.८० प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता २३९ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे ।

नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार हुँदैछ ।

सभामा बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको