Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको आइपिओ बाँडफाँड हुँदै, पाउने सम्भावना कति ?

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, ०८ : १६ मा प्रकाशित

प्रभु लाइफको आइपिओ बाँडफाँड हुँदै, पाउने सम्भावना कति ?

अर्थ संसार, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (पाैष १० गते, शुक्रबार) हुँदैछ ।बिहीबार प्रि– अलोटमेण्ट सम्पन्न भइसकेकाे हुनाले शुक्रबार बिहान ११ बजे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा बाँडफाँड गर्ने तयारी रहेको जानकारी दिइएकाे छ ।

कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्ममा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.४२ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ । कम्पनीकाे शेयर गाेलाप्रथाबाट बाँडफाँड हुने हुनाले शेयर पाउनलाई भाग्यमा भर पर्नुपर्ने देखिन्छ ।

कम्पनीले मंसिर २९ गते, साेमबारदेखि पाैष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको