Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्यमा सामान्य  वृद्धि, कति पुग्यो ?

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, ११ : १८ मा प्रकाशित

शुक्रबार सुनको मूल्यमा सामान्य  वृद्धि, कति पुग्यो ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्य बढेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा सामान्य  वृद्धि भएको हो । 

शुक्रबार  छापावाला सुनकाे मूल्य  ताेलामा एक सय रूपैयाँले बढेर  प्रतितोला ९४ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे  महासंघले जनाएको छ ।  बिहिबार छापवाला सुन प्रतितोला ९४ हजार एक सय रूपैयाँमा काराेबार भएको थियो ।

यस्तै, शुक्रबार तेजावी सुन प्रतिताेला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।  बिहिबार तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ  । आज चाँदी प्रतिताेला एक हजार २ सय ८० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकोछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको