Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनकारीहरुको प्यारो माइतिघर !

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, ११ : २६ मा प्रकाशित

आन्दोलनकारीहरुको प्यारो माइतिघर !

अर्थ संसार,काठमांडौ– पछिल्लो समय सबैले न्याय माग्ने,बिरोध र समर्थनमा प्रदर्शन गर्ने थलो बनेको छ माइतिघर मण्डला ।नेपालमा विवाह भएर आएका चेलीहरुलाई घरमा केहि अन्याय, थिचोमिचो भएमा आफ्नो न्यायका लागि माइतिघर जाने प्रचलन परम्पराकाल देखि नै चलिआएको  हो । अहिले पनि कसैको बिरोध वा सर्मथन गर्नु परेमा सबैको रोजाइ बनेको छ माइतिघर ।

सरकारको बिरोधमा होस् वा समर्थनमा सबैको रोजाइमा पर्छ माइतिघर । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने भनाई प्रचलनमा थियो तर अहिले त्यो भनाई परिवर्तन भएर न्याय नपाए माइतिघर जानु भन्ने बनेको छ । 

आज भोली माइतिघरमा आन्दोनल गर्न बिरोध सभा गर्न र प्रदर्शन गर्न अग्रिम रुपमा स्थान बुकिङ नै गर्नु पर्ने जस्तो अवस्था देखिन्छ । कुन बेला कुनचाँहि समुहले प्रदर्शन गर्ने भन्ने थाहै नहुदा दिनहुजसो माइतिघरमा प्रहरीले पहरा दिइरहेका हुन्छन् ।

आज पनि माइतिघरमा सधै जसो भिडभाड छ तर अवस्था भने केहि फरक छ आज सरकारको संसद बिघटनको बिरोधमा देशका ३ जना पुर्ब प्रधानमन्त्रीहरु सहित दर्जनौ पुर्ब मन्त्रीहरुले धर्ना दिइरहेका छन् ।

कुनै समयमा माइतिघरमा भएका आन्दोलनमा प्रहरीलाइ दमन गर्न आदेश दिने मन्त्रीहरुको समेत उपस्थिती देखिएको छ ।  कतिपय मानिसहरुत तेहि माइतिघरको आन्दोलन र प्रदर्शनका कारण भाइरल बनेका छन् । दिनँहु प्रदर्शन भइरहने हुँदा कतिपय व्यक्तिहरुको स्थायी बासस्थान नै बनेको छ माइतिघर ।

आफुलाइ पर्दा माइतिघर सम्झिनेहरुले आफुले केहि गर्न सक्ने स्थानमा पुग्दा पनि माइतिघरको विकाशका लागि केहि नगरेका देख्दा माइतिघरको मन कम्ता रुँदो हो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको