Like us!
Follow us!
Connect us!
Watch us!

यता शनिबार माइतीघरमा ठूलो प्रदर्शनको तयारी : उता कारबाही गर्ने गृहको चेतावनी

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, २० : ३४ मा प्रकाशित

यता शनिबार माइतीघरमा ठूलो प्रदर्शनको तयारी : उता कारबाही गर्ने गृहको चेतावनी

अर्थ संसार, काठमाडौं –सरकारका पछिल्ला गतिविधिबाट असन्तुष्ट राख्ने युवाहरू फेसबुकमा ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ समूह बनाएर स्वत:स्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका छन् ।

यस फेसबुक ग्रुपमा बिहीबारसम्म एक लाख  दश हजारभन्दा बढी युवा आवद्ध भइसकेका छन्।

प्रदर्शनमा उत्रिएकामध्ये ललितपुरकी समिता थापाका अनुसार  यो गरिएको प्रदर्शन नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन हो र शान्तिपूर्ण हो। 

 प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीका फोहरा र प्रदर्शनकारीलाई तितरबितर पार्दै गैरीधारामा अश्रृग्यास प्रहार गर्‍यो।

शनिवारको माइतीघरमा ठुलो प्रदर्शनको तयारी  

समूह बनाएर स्वत:स्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका समूहले शनिवार माइतीघर मण्डलामा ठुलो प्रदर्शन गर्ने तयारी गरेको छ।  शनिवार माइतीघरमा १० बजे बिहान सबैलाई आवहान गरिएको देखिन्छ। 


 
बुधबार र बिहिबार को प्रदर्शनले सबैलाई अझ उर्जा दिएको छ भने प्रहरी दमनले अझ शनिवारको प्रदर्शनलाई आगोमा घिउ थप्ने काम गरेको छ। 

 कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको बन्दाबन्दीको आदेशविपरीत भएकोले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने स्मरण गराएको छ।


जिल्ला प्रशासनले पनि तेस्तै सूचना निकालेको छ 


 दुवै समूहको तयारी देख्दा शनिवार माइतीघर अशान्त हुने देखिएको छ।  शान्ति पूर्ण  उत्रेका लाई रोक्न खोज्दा सरकारको अझ तिव्र विरोध बढने देखिन्छ।  बालुवाटारबाट सुरु  भएको युवाको प्रदर्शनले देशको ठाउँ ठाउँमा देखा पर्न थालेको छ। यो समयमा सरकारले प्रदर्शन कर्ताले उठाएको मागहरु सम्बोधन गर्नु नै बुद्धिमानी देखिन्छ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको