Like us!
Follow us!
Connect us!
Watch us!

“माइतीघर वालेन र सुदनका समर्थकको मात्र होइन, सबैको हो” – शंकर पोखरेल

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, १३ : ४५ मा प्रकाशित

“माइतीघर वालेन र सुदनका समर्थकको मात्र होइन, सबैको हो” – शंकर पोखरेल

काठमाडौंको माइतीघर मण्डलामा जेनजी युनाइटेडका नाममा प्रदर्शन गर्न पुगेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कडा आपत्ति जनाएका छन्।

पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। वालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।”

उनको भनाइका अनुसार, अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको समान अधिकार हो र कुनै पनि नागरिक समूहलाई आफ्नो विचार सार्वजनिक रूपमा राख्न रोकिनु हुँदैन।

शनिबार दिउँसो माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० भन्दा बढी युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ती युवाहरूले ‘GenZ United’ को नाममा माइतीघरमा प्रदर्शनको तयारी गरेका थिए।

काठमाडौं प्रशासनको अनुमति नलिई प्रदर्शन गर्न खोजिएको कारण देखाउँदै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी परिसरका अनुसार, “प्रशासनिक स्वीकृति बिना निरन्तर प्रदर्शन भइरहेकाले सार्वजनिक सुरक्षाको दृष्टिले नियन्त्रणमा लिइएको हो।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको