Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १२ : १९ मा प्रकाशित

सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौँ - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने  अन्तिम दिन आज (पाैष १२ गते, आइतबार)  रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पुस १३ गते बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष १२ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार हुँदैछ। सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको