Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि लागू, के-के छ व्यवस्था ? (पूर्णपाठ)

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १८ : १८ मा प्रकाशित

नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि लागू, के-के छ व्यवस्था ? (पूर्णपाठ)

अर्थ संसार, काठमाडौं  - नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू भएको छ । नेप्सेकाे सञ्चालक समितिकाे निर्णय अनुसार उक्त कार्यविधि पुस १ गते, बुधबार स्वीकृत गरी साेही मिति देखि लागू भएको हो ।

उक्त कार्यविधि लागू भएसँगै अब नेप्सेको तथ्यांक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक आदीको प्रयोगको लागि, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता आदीको व्यापारिक तथा पुनः प्रयोजनको लागि, संचार माध्यमहरुको समाचार निमार्ण तथा प्रदर्शन प्रयोजनको लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग –विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु र विदेशी कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनको लागि तथ्यांक उपलब्ध हुने कार्यविधिमा उल्लेख गरिएकाे छ । त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्नेछ । नियामक वा अनुसन्धान निकायहरुबाट माग भई आएका तथ्यांक भने नि : शुल्क उपलब्ध गराइनेछ । संघसंस्था र सञ्चार माध्यम वा अन्य प्रयोजन अनुसार नेप्सेले छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ ।

यसैगरी, नेप्सेकाे तथ्यांक प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्रयोगको स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्छ । नेप्सेले न्युनतम मापदण्ड पुरा भए नभएको निरिक्षण गरेर मात्रै तथ्यांक उपलब्ध हुनेछ । यदि प्रयोगकर्ताले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाइएमा नेप्सेले तथ्यांक रोक्न पनि सक्नेछ ।

पूर्णपाठकाे लागि यहाँ थिचेर पनि हेर्न सक्नु हुनेछ:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको