Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

सोमबार, १३ पुस २०७७, ११ : ४३ मा प्रकाशित

अपि पावरको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमबार) रहेको छ । कम्पनीले गत सोमबारबाट कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 
प्रतिकित्ता मूल्य कति रु

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको