अर्थ संसार, काठमाडौँ - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयरमा मूल्य समायाेजन भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीकाे १० प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता ३०७ रूपैयाँ कायम हुने गरी शेयर सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार हुँदैछ । सभाले कम्पनीकाे सञ्चालक समितिकाे बैठकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस