नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  
बैंककाे पाैष १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा माघ ८ गते, बिहीबार, बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ५.५०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस