Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको लिलामी सेयरको बोलपत्र आइतबार खोलिने

अर्थ संसार

शनिबार, १८ पुस २०७७, १४ : ४७ मा प्रकाशित

अपि पावरको लिलामी सेयरको बोलपत्र आइतबार खोलिने

अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू भाेलि (पाैष १९ गते, आइतबार) खोल्ने भएकाे छ ।

उक्त बाेलपत्रहरू आइतबार बिहान ८ बजे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचाैर, नक्साल, काठमाडाैँमा खोलिंदैछ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको