Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सको कारोबार आजबाट खुल्ने, ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

आइतबार, १९ पुस २०७७, ०८ : १३ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सको कारोबार आजबाट खुल्ने, ओपनिङ रेञ्ज कति ?

आज (आइतबार) बाट प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खुल्ला हुने भएकाे छ । कम्पनीको पाैष १७ गते, शुक्रबार नेप्सेमा सेयर सूचिकृत भएसँगै आजबाट कारोबार खुल्ने भएकाे हाे ।

शुक्रबार कम्पनीकाे २ करोड कित्ता साधारण सेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका PLI संकेत प्रदान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको