Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोले डाक्याे संयुक्त साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १४ : ०६ मा प्रकाशित

घलेम्दी हाइड्रोले डाक्याे संयुक्त साधारण सभा, कहाँ र कहिले ?

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले पाँचाै र छैठाैँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीकाे पाैष १७ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे संयुक्त सभा माघ १५ गते, बिहीबार, होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि ताेकिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको