ज्योति विकास बैंक लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पौष १९ गते, आइतबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ १४ गते बुधबार, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७५/७५ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।
त्यसैगरी सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष २९ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस