Like us!
Follow us!
Connect us!
Watch us!

राधा पोख्रेलको खुलापत्रः 'क्लोज आउट'का नाममा लाखौँ रुपैयाँ असुल गर्न बन्द गर्नुहोस्

राधा पोखरेल

सोमबार, २० पुस २०७७, १२ : ४३ मा प्रकाशित

राधा पोख्रेलको खुलापत्रः 'क्लोज आउट'का नाममा लाखौँ रुपैयाँ असुल गर्न बन्द गर्नुहोस्

नेपाल लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रलले क्लोज आउटका नाममा लगानीकर्ताहरु संग असुलीरहेको लाखौ रुपैयाँ असुल गर्ने कार्य बन्द  गर्न माग गरेकिछन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो माग गरेकी हुन् । सामाजिक सञ्जालमा उनले लेखेको स्ट्याटस जस्ताको तेस्तैःक्लोज आउट पूर्ण रुपमा उन्मूलन गरिदिने सम्बन्धमा धितोपत्र बोर्ड , नेप्से र सि.डि. एस. लाई मेरो अनुरोध ।

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

]

आज देशै भरि सक्कली र नक्कलीको चर्चा चलि रहँदा सक्कली तरिकाले नै मिति २०७७/०३/१६ गतेबाट डिपी होल्डिड.मा भएको सेयर मात्रै बिक्री हुने अन्यथा सिस्टमले प्रबिष्ट नै नगर्ने मेकानिजम बनाईएको हो भने ( यो कुरा धितोपत्र बोर्डका अध्यक्ष श्री भिष्मराज ढुङ्गाना ज्यूको एक टेलिभिजन अन्तरवार्तामा सुने अनुसार ) हामी लगानीकर्ता संग लाखौ रुपैया क्लोज आउटको नाममा किन असुली रहने ?

मेरो अनुरोध के पनि हो भने आम लगानीकर्ता ( पहुँचवाला बाहेक ) को डिपी होल्डिड० मा देखिएको सेयर मात्रै बिक्री हुन्छ भने यो E-dis को सिस्टम किन चाहियो ? सिधै किन्ने ब्रोकरकोमा सेयर पठाईदिन CDSc लाई कहाँ नेर बाधा पर्यो ? यदी कानुनले बाधा शृजना गरेको हो भने कानुनमा संसोधन गरेर भए पनि लगानीकर्तालाई E-dis गरिरहनु पर्ने झण्झटबाट मुक्त किन नगरिदिने ?

कि E-dis नामधारी अल्झन राखेर राज्यले अनन्तकाल सम्म लगानीकर्ताबाट लाखौ रुपैया जरिवाना असुलि रहने हो ? मेरो अनुरोध यो पनि छकी लगानीकर्ताको डिपीमा भएको सेयर मात्रै बिक्री हुने अन्यथा सर्ट सेल हुनै नसक्ने हो भने यो E-edis को अल्झो आजै बाट जरै देखि किन उन्मुलन नगर्ने ? सम्बन्धित निकायको जवाफको अपेक्षा गर्दछु ।

राधा पोखरेल अध्यक्ष NPL संघ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको