Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, ०८ : ३१ मा प्रकाशित

रैराङ हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, के-के छन् पारित हुने एजेण्डा ?

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पौष ७ गते बसेको साचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २९ गते, बुधबार कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ  ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ  ।

त्यसैगरी लेखापरीक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी  पारित गरिनुका साथै आर्थिक वर्ष वर्ष २०७७/७८ का लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको