मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको पौष ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २८ गते मंगलबार, हार्दिक होटल, बागबजार २८, काठमाडौंमा बिहल १०:३० बजे सुरु हुनेछ ।
सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस