Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग उपलब्ध

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १२ : ०२ मा प्रकाशित

प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग उपलब्ध

प्रभु बैंक लिमिटेडले जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंक ईलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

 पौष १९ गतेका दिन एक समारोहकाबीच  बैंकको ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग  स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । 

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो । 

बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने बैंकले विश्वास लिएको छ । साथै, बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको