Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको वार्षिक सभा आज हुँदै

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ०८ : ३७ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको वार्षिक सभा आज हुँदै

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नवाैँ वार्षिक साधारण सभा आज (पौष २३ गते, बुधबार) हुँदैछ ।

कम्पनीकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार, अकामा हाेटेल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १३ गते बुकक्लाेज गरेको थियाे । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको