Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ०९ : ३५ मा प्रकाशित

सानिमा बैंकको ऋणपत्र बाँडफाँड

सानिमा बैंक लिमिटेडले पाैष १ गते, बुधबारबाट पाैष १५ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्र बाँडफाँड भएको छ ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई पुस २१ गते मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्कासनकर्ता कम्पनीको प्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थितिमा ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकको सञ्चालक समितिले भने पुस २२ गते, बुधबार बाँडफाँडलाई अनुमोदन गरेको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेकाे थियाे ।

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको