Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १६ : ४१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

बैंक संचालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुनुहुन्छ । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत हुनुहुन्थ्यो । 

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय  चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको