Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १५ : ३० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि शुक्रबार सम्झौता भएको छ ।

आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको  यस बैंकले सम्झौतापछि नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकबाट रु.१५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ  ।

साथै सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहेको छ । हस्पिटल र बैक बिच आयोजित  कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख  जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने छ  । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको