Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको १५.५१% लाभांश आज पारित हुँदै

अर्थ संसार

शनिबार, २५ पुस २०७७, ०७ : ४८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको १५.५१% लाभांश आज पारित हुँदै

मुक्तिनाथ विकास बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभा आज (पाैष २५ गते, शनिबार) हुँदैछ ।

बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २५ गते, शनिबार, हाेटल पाेखरा ग्राण्ड, पार्दी, पाेखरामा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

सभाले सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १३ गतेदेखि पाैष २५ गतेसम्म बैंककाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको