छ्याङदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज (पौष २७ गते, सोमबार) हुँदैछ ।
कम्पनीको मङ्सिर ३० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको ७२औं वार्षिक साधारणसभा आज कम्पनीको केन्द्रीय कार्यालय, गैह्रीधारा, काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष १७ गते १ दिनको लागि बुकक्लोज गर्दैछ त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस