Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, लाभांश पारित

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १४ : ३८ मा प्रकाशित

छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, लाभांश पारित

छ्याङदी हाइड्रोपावर लिमिटेडको ७औं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ  ।

सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ  ।

त्यसैगरी बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको १० बराबर ३ कित्ताको अनुपात ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश भएको छ । 

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको